धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

धादिङ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । अन्यको खोजी कार्य जारी रहेको बताउनुभयो । ८ जनाको शव फेला परेको जनाउँदै उहाँले ८ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको र अन्यको खोजी कार्य जारी रहेको बताउनुभयो ।
अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो ।
धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिनुभयो ।