बीआरआईमा हस्ताक्षर काङ्ग्रेससँगको सहमतिमै भएको गृहमन्त्री लेखकको भनाइ ।
![](https://www.vijayafm.org.np/uploads/news/images/बीआरआईमा-हस्ताक्षर-काङ्ग्रेससँगको-सहमतिमै-भएको-गृहमन्त्री-लेखकको-भनाइ-।2024-12-07-07-54-14.jpeg)
काठमाण्डौ । गृहमन्त्री तथा नेपाली काँग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा काँग्रेससँगको सहमतिमा हस्ताक्षर भएको बताउनुभएको छ । काँग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै गृहमन्त्री लेखकले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर सत्तारुढ दलहरूबीचको सहमतिमै भएको बताउनुभएको हो । गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिन आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको धारणा राख्नुभयो । काँग्रेस र एमाले मिलेर बनेको सत्तारुढ गठबन्धनको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मङिसर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणमा नेपाल र चीनबीच’ बीआरआई सहकार्य फ्रेमवर्क’ मा सहमति भएको थियो ।