सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले आज छलफल गर्दै

२०८२ कार्तिक १६ आइतबार १४:५०:०० मा प्रकाशित

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले आज  सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने हुनुभएको छ । अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्ने आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ।

 

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गर्नुभएको हो ।