विश्व रेडियो दिवस, विजय एफएमद्धारा शुभकामना व्यक्त

२०७८ फाल्गुण १ आइतबार ०७:५७:०० मा प्रकाशित

गैँडाकोट
रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियो प्रतिको विश्वास बढाउने र रेडियोलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस वर्षको रेडियो दिवस मनाइदैछ । आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस् को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ। 
रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । 
विश्व रेडियो दिवसको अवसरमा विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापाँगाइले शुभकामना व्यक्त गर्नुभएको छ । रेडियो सर्वशुलभ र भरपर्दो माध्यम भएको जनाउदैँ उहाँले विजय एफएम श्रोताको चाहना अनुसार सत्य तथ्य सुचना र विश्वसनिय सामग्री प्रस्तुत गर्दै अगाडी बढ्ने बताउनुभयो । 
शुभकामना व्यक्त गर्दै विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले आवाजविहिनको आवाज बनेर गाउँ गाउँ र सबै श्रोताको आवाज लिएर अगाडी बढ्ने बताउनुभयो ।