विकूको २१ औँ सेवा केन्द्र रत्ननगरमा

२०७८ चैत २३ बुधबार १८:३१:०० मा प्रकाशित


प्रेम क्षेत्री
गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूजा सेवा केन्द्रको समुद्घाटन गरेको छ । पूजा सहकारीसँगको एकीकरणपछि विकूले २१ औँ सेवा केन्द्रका रुपमा रत्ननगर १ बकुलहर चोक चितवनमा पूजा सेवा केन्द्रको उद्घाटन गरेको हो । रत्ननगर नगरपालिकाका नगर उप प्रमुख विमला दुवाडीले सेवा केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगर उप प्रमुख विमला दुवाडीले सदस्यहरुको जीवनस्तर माथी उकास्न र संस्थागत रुपमा बलियो हुन पनि सहकारी एकीकरण अहिलेको आवश्यकता रहेको बताउनुभयो । विकू सहकारीले गरेका कामबारे अवगत रहेको बताउँदै उहाँले विकूले गरेका सिकाइ आत्मसाथ गर्न सके उन्नती हुने बताउनुभयो ।
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकूले ३ दशकदेखी सदस्यको आर्थिक उपार्जनमा जोड दिईरहेको बताउनुभयो । उहाँले विकूले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेकै कारण सफलता प्राप्त गरेको बताउँदै चितवनमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । रत्ननगर क्षेत्रका सदस्यलाई सम्बोधन गर्दै उहाँले विकूका सदस्यले कहिल्यै दुःख नपाउने र यदि त्यस्तो अवस्था आए विकूलाई सम्झन आग्रह गर्नुभयो ।  
पूजा सेवा केन्द्र व्यवस्थापन उप समितिका संयोजक सदानन्द उपाध्याय, सहकारी शाखा प्रमुख स्वस्तिका अर्याल, विकूका लेखा संयोजक कमद सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले गर्नुभएको थियो ।
विकूले २२ औँ सेवा केन्द्रका रुपमा २५ गते शरदगौरी सेवा केन्द्रको समुद्घाटन गर्दैछ ।