स्वदेशी उत्पादनलाई बढवा दिनुपर्छ ः बसन्तराज लम्साल  

२०७८ चैत ३० बुधबार १६:३५:०० मा प्रकाशित

गैँडाकोट
देशमा आर्थिक तरलताको अवस्था आएको सरोकारवाला बताउँछन् । पहिलेदेखिका सरकार र राष्ट्र बैङ्कको नीतिका कारण पनि अहिले आर्थिक तरलताको अवस्था आएको लघुवित्त बैंकर्स यशोसियसनका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालको भनाई छ । उहाँले आर्थिक तरलताका कारण नै बैङ्क तथा वित्तीय संस्थामा ऋण दिने क्षमतामा कमि आएको बताउनुभयो । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका लम्सालले विशेषत आयातमा बढि ऋण लगानी हुनुले नै आर्थिक तरलताको अवस्था आएको तर्क गर्नुहुन्छ । 
श्रीलङ्काको जस्तो अवस्था अहिले नै नेपालमा आउने सम्भावना नरहेको लम्सालको ठम्याई छ । उहाँले श्रीलङ्काको जस्तो अवस्था नआएपनि आर्थिक रुपमा समस्याको अवस्था आउन सक्ने विश्लेषण गर्नुभयो । देशको एकबर्षको सञ्चितीले ऋण तिर्न सक्ने क्षमता रहेकोले श्रीलङ्काको जस्तो अवस्था नआउने उहाँको बुझाई छ । सरकार र राष्ट्र बैङ्को नीतिले प्रभाव पार्ने लम्सालले बताउनुभयो । 
देशमा आर्थिक संकट आउन नदिन निर्यातलाई बढि जोड दिनु आवश्यक रहेको लम्साल बताउनुहुन्छ । उहाँले देशमा नै उद्योग कलकारखाना सञ्चालन गर्ने, आवश्यक खाद्यान्न, कपडा लगायतका सामान स्वदेशी प्रयोग गर्न सके आर्थिक संकटको अवस्थालाई रोक्न सकिने सुझाव दिनुभएको छ । 
आर्थिक मामिलाबारे जनाकार एवम् अर्थविद्हरु वैदेशिक मुद्राको सञ्चिति बढाउने र स्वदेशी उत्पादनलाई बढवा दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।