राष्ट्रिय युवा संघ गैँडाकोट ८ को आयोजनामा भएको रक्तदानमा ५४ जना द्वारा रक्तदान 

२०७९ बैशाख ६ मंगलबार १७:४३:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट ८ कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन ।  
गैँडाकोट कृषि उपज संकलन केन्द्रमा सुरु भएको कार्यक्रम नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीवनदान हुने रक्तदान कार्यक्रममा युवाहरु सक्रिय हुनु राम्रो पक्ष भएको भन्दै यस्ता कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।  स्वस्थ्य व्यक्तिले दिन रगतले अर्को कुनै व्यक्तिको जीवन जोगिने जस्तो महत्वपूर्ण कार्यमा निरन्तर लाग्न युवाहरुलाई उहाँको शुभकामना थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला अध्यक्ष कृष्ण कडेँलले राजनीतिसँगै युवाहरुलाई सामाजिक कार्यमा समेत अग्रसर गराउने अभियान अनुसार रक्तदान कार्यक्रम गरेको बताउनुभयो । युवा संघले अन्य सामाजिक कार्यलाई अभियानकै रुपमा लैजाने समेत कडेँलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला सल्हाकार एवम् राष्ट्रिय अपाङ्ग संघका केन्द्रीय सदस्य यदुनाथ सिग्देल कार्यक्रममा नेकपा एमाले वडानम्वर ८ का अध्यक्ष श्रीहरी चालिसे, वडानम्वर ८ का जनप्रतिनिधि नरवहादुर आले लगायतको उपस्थिती थियो । अध्यक्ष नविन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट नगर सचिव अर्जुन पराजुलीले सहजीकरण गर्नुभएको थियो । प्राविधिक सहयोग गरहेको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र रहेको छ । कार्यक्रम गर्न एम्स एब्रोड स्टडीले मुख्य प्रायोजकमा सहयोग रहेको छ भने गैँडाकोट नगरपालिका, रोज रिभर वाईन सप्लायर्स, मौलाकालिका वाइन सप्लायर्स,यदुनाथ सिग्देल लगायतले सहयोग गर्नुभएको छ ।