जनक मावि केन्द्रमा हुने एसइइ बैशाख ९ गतेबाट नै हुने

२०७९ बैशाख ७ बुधबार ०७:४७:०० मा प्रकाशित

गैंडाकोटस्थित जनक नमुना मावि केन्द्रमा हुने एसइइ बैशाख ९ गतेबाट नै हुने भएको छ । शुक्रबारबाट हुने एसईई परीक्षाको सबै तयारी भइरहेको प्रधानाध्यापक चुडामणि कँडेललले जानकारी दिनुभयो। एसइइ पुर्बनिर्धारित समयमा नै बिहान ८ बजेबाट ११ बजेसम्म हुने प्रधानाध्यापक कँडेललले जानकारी दिनुभयो। त्यसैगरी जनक माविको कक्षा ६,७ र ९ को वार्षिक परिक्षा पनि आउदो ९ गतेबाट दिउसो १ बजेबाट सुरु हुने भएको छ। नियमित पठनपाठन भने अर्को सुचना आएपछि जानकारी गराइने भएको छ।

छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाइ प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । ती छात्राका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।