चुनावमा विजयी हुन आफ्नो घरको वास्तु कसरी मिलाउने ?

२०७९ बैशाख ८ बिहीबार ११:१९:०० मा प्रकाशित


मेरो समाजमा राम्रो सम्बन्ध छ, फरक पार्टीका मान्छेहरुसँग मित्रवत व्यवहार छ तसर्थ मलाई सबैको भोट आउँछ भन्ने लाग्छ्र । विकास निर्माणको म सँग प्रस्ट खाका छ, नयाँ सोच र भिजन छ, पपुलर छु, शिक्षित पनि छु तसर्थ म जहाँजाँदा पनि यसपाली हाम्रो भोट तपाइलाइनै हो ढूक्क हुनु भन्छन्, त्यसैले पनि म चुनावमा विजयी हुनेछु, उमेदवारलाई यो महसुस हुनु स्वभाविक हो । तर चुनाबको नतिजा घोषणा हँुदा नतिजा फरक आउँछ । सोच्दै नसोचेको परिणाम देखिन्छ चुनावमा, अर्को मान्छे विजेता भईदिन्छ्र आखिर नेतामा हुनुपर्ने सबै गुण हँुदाहँुदै पनि हारिन्छ किन त ?
    वास्तुको उद्देश्य मान्छे, संरचना, प्रकृति र ब्रह्माण्ड बीच एक तालमेल स्थापित गर्नका लागी हो । यदि कुनै भवनमा भण्डारण गरिएको ऊर्जा नकरात्मक छ भने त्यहाँ बस्ने मान्छेहरु र उसले गर्ने कर्महरुमा विभिन्न बाधा अड्चनहरु देखापर्न सक्छ । हामी कस्तो घरमा बस्छौँ ? त्यसको उर्जा व्यवस्थापन कस्तो छ ? कस्तो उर्जाले हामीलाई प्रभावित बनाईरहेको छ ? भन्ने कुरा पनि प्रमुख विषय रहन्छ । चुनावमा उठ्ने उम्मेदवारलाई दाजुभाई, छरछिमेक, घरपरिवार, विदेशीएका ईस्टमित्र साथीभाईको साथ, आफु चुनावमा उठ्ने क्षेत्रको मतदाताहरुको बाहिर देखिने एक किसमको हौसला सबै त्यो उम्मेदवारलाई होला । आर्थिक, नैतिक, सामाजिक हरेक हिसाबले सहयोग गर्नेहरुपनि धेरै होलान । यति कुराहरुले मात्र चुनावमा विजयी पक्कै भईंदैन । मुख्य कुरा उक्त उम्मेदवारलाई प्रकृति (Nature) को साथ कस्तो रहेछ भन्ने कुरा गौण हुनआउँछ । वास्तुमा पञ्च तत्वको cycle Of creation, cycle of destruction, cycle 0f control को सिद्दान्तलाई आधार मान्दा जल तत्वलाई पृथ्वी तत्त्व ले नष्ट गर्छ र अग्नि तत्त्वलाई जल तत्त्वले नष्ट गर्दछ । जल तŒवको अभिभावक आकाश तत्त्व हो र जल तत्त्वले पैदा गराउने वायु तत्त्व हो। घरको उत्तरपूर्व दिशा असन्तुलित भएमा जल तत्त्वलाई असर गर्दछ । वास्तुको हिसाबले हेर्दा त्यो घर चुनावमा प्रतिस्पर्धा गरेर विजय बन्ने खालको छ त ? चुनाव जुनसुकै होस् चाहे त्यो नगरपालिकाको र गाउँपालिकाको जनप्रतिनिधी बन्न, त्यस क्षेत्र वा जिल्लाको संसद बन्न वा कुनै खानेपानी संस्था, समुदायिक वन, अन्य संघसस्थाको वा आफ्नै पार्टीभित्रको विभिन्न पदमा चुनाव प्रतिस्पर्धा गरेर विजय हुनका लागि त्यो उम्मेदवारको घरको वास्तु राजनीतिक हिसाबले मिलेको हुनुपर्दछ ।
कोहि मान्छे नेता बन्नका लागि निर्विरोध वा मनोनित हँुदैपनि माथि जान सक्छन । यो लेख चुनावमै होमिएर प्रतिस्पर्धा गरेर जित्न चाहनेहरुको लागि रहेको छ । यो लेख बैज्ञानिक वास्तु अध्यन गरेको आधारमा मात्र नभई प्रयोगात्मक रुपमा चुनाव हार्ने र जित्ने उम्मेदवारहरुको घरको विस्तृत वास्तु अध्ययन गरि सोको निष्कर्षलाई समेत आधार मानी तय गरिएको हो । विगतका दिनहरुमा पनि चुनाव लडेर पराजय भोग्नु भएको छ, कहिलेकाही बराबर भोट आएरपनी छनोट उपायमा हार बेहोर्नु परेको छ र आगामी चुनावमा विजयी हासिल गर्न चाहनुहुन्छ भने आफ्नो घरको यसरी उर्जा व्यवस्थापन गरेर अघि बढ्नु हितकर हुन्छ ।
अब चर्चा गरौं चुनावमा विजयी हुन उम्मेदवारको घरको वास्तु कस्तो हुनुपर्दछ त ?
१. चुनावमा प्रतिस्पर्धामा गएर विजय हुन उम्मेदवारको घरमा पूर्व, दक्षिण र उत्तरपश्चिम दिशाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यी ३ दिशामा शौचालय, anti object, anti activity, anti element हुनुहँुदैन । यदि छ भने बिना तोडफोड स्वयम् घरधनीले नै शौचालयको वास्तु उपचार गर्न सकिन्छ । माथिको ३ दिशामा घरको ठीक उत्तर दिशालाई ० डिग्री मानेर हेर्दा पूर्व दिशा भन्नाले घरको ७८.७५ डिग्री देखी १०१.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग, दक्षिण दिशा भन्नाले घरको १७८.७५ डिग्री देखी २०१.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग र उत्तरपश्चिम दिशा भन्नाले घरको ३०३.७५ डिग्री देखी ३२६.२५ डिग्री सम्मको २२.५ डिग्रीको भाग भन्ने बुज्नुपर्दछ ।
२. वास्तुको हिसावले पूर्व दिशा सामाजिक सम्बन्धको दिशा हो । पञ्च तत्व मध्ये वायु तत्वको दिशा हो । र ४५ ऊर्जाको हिसाबले आर्यमा उर्जाले ओगटेको दिशा हो । यो दिशाको गुणधर्म भनेको सामाजिक सम्बन्धलाई ऊर्जा प्रदान गर्नु हो । पूर्व दिशामा शौचालय छ भने उक्त शौचालयले उक्त दिशाको गुणधर्मलाई विसर्जन गरिरहेको हुन्छ । तसर्थ सोचेअनुसार भोटनै आउँदैन । पूर्व दिशामा शौचालय, डस्टबिन, पहेलो रंग, गोलो आकार हुनुहँुदैन । घरको यो भाग घटेको वा बढेको हुनुहँुदैन । उक्त दिशाको वास्तु बारचार्ट सन्तुलित हुनुपर्छ । यो दिशामा उम्मेदवार नै सुत्दा झनै राम्रो हुन्छ । तर यो बाहेकको अन्य उर्जावान दिशामा पनि सुत्न सकिन्छ । यो दिशामा रातो गमलामा सक्कली हरियो बिरुवा राख्दा राम्रो हुन्छ । यो दिशामा मतदाताहरुसँग स्वयम् उम्मेदवार समेत देखिएको एउटा तस्वीर राख्नुपर्दछ ।
३. चुनावमा उम्मेदवार कुन नगर÷प्रदेश÷संघ तहको वा कुन संघ÷संस्था÷पार्टीको चुनाव लड्ने हो त्यसैको लोगो उत्तरपूर्व दिशामा गोलो आकारमा रहनेगरी रख्नुपर्दछ । वास्तुमा यो दिशा साथ सपोर्ट र आशीर्वादको दिशा हो । यो दिशामा शौचालय, भान्छा कोठा पर्दछ भने त्यसले यो दिशाको गुण धर्मलाई नष्ट गरिरहेको हुन्छ । यदि पहिले नै बनिसकेको छ भने यसलाई बैज्ञानिक प्रविधिबाट बिना तोडफोड वास्तु उपचार गर्न सकिन्छ । उक्त दिशामा रातो र हरियो रंग हुनु हँुदैन । यो दिशामा आफु कुन चिन्ह लिएर उठ्ने हो सोको झन्डा र चुनाव चिन्ह राख्नुपर्दछ । घर बहिर यो दिशामा एउटा झन्डा राख्दा राम्रो हुन्छ ।
४. घरभित्र दक्षिण दिशामा उम्मेदवारले स्वयम् आफ्नो फोटो राख्नुपर्छ जसले चुनावमा राम्रो ब्राण्ड बनाउन मद्दत गर्छ । दक्षिण दिशा पञ्चतत्व मध्ये अग्नि तत्व र १६ दिशामा नाम र ब्राण्ड चम्काउने दिशा र ४५ ऊर्जा मध्य विभिषण र यमको दिशा हो । यो दिशामा शौचालय हुनुहँुदैन यदि छ भने वास्तु उपचार गर्नुपर्छ । भान्छा कोठा राम्रो नै मानिन्छ । यो दिशामा कालो र निलो रंगका तन्ना, पर्दा, तस्वीरहरु हुनुहँुदैन ।
५. झुक्किएर पनि चुनावमा उठ्ने उम्मेदवार घरको दक्षिण दक्षिण पश्चिम (SSW) दिशामा सुत्ने वा चुनावसँग सम्बन्धित मुख्य गतिविधिहरू गर्नु हँुदैन । यो विसर्जनको दिशा हो जून दक्षिण दिशा र दक्षिण पश्चिम दिशाको बिचमा पर्ने २२.५ डिग्रीको भाग हो ।
६. हरेकको घरमा हुने वास्तुका ४५ उर्जाहरु मध्ये पूर्व, दक्षिण र उत्तरपश्चिममा हुने उर्जाहरू अर्यमा, विभिषण, रूद्र र मुख्यिया उर्जा सन्तुलित भएमा चुनाव जित्न सजिलो हुन्छ । यी उर्जाहरू प्रतिस्पर्धात्मक कार्यको लगी सिद्धी प्रदान गर्ने उर्जाहरू हो ।
अब चर्चा गरौँ के यी ३ दिशा सन्तुलित भएमा त्यो उम्मेदवार सधै विजयी भईरहन्छ त ?
सधैँ एउटा व्यक्तिको बारम्बार अर्को त्यही व्यक्ति मुख्य प्रतिस्पर्धी नहुन सक्छ । अर्को कुरा प्रतिस्पर्धीको घरको चुनावमा जित्न भूमिका खेल्ने मुख्य ३ दिशाको अवस्था के कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
कुनै पनि मान्छेले आफ्नो वा आफ्नो व्यवसायमा सफलता प्राप्त गर्नका लागि तलका यी ३ कुराले मुख्य भूमिका खेलेको हुन्छ ।
१. भाग्य/दशा (Heaven Luck/ Planet Energy) को ३३ प्रतिशत,
२. कर्म (Human Luck) को ३३ प्रतिशत  र
३. वास्तु (Vastu/Earth Luck) को ३३ प्रतिशत 

       घरको उर्जा व्यवस्थापन सही भयो भने ३३ प्रतिशत आयो । कर्म त आखिर गर्नैपर्छ किनकी आफ्नो व्यक्तिगत संघर्षमा त्यसको फल ३३ प्रतिशत रहेको छ । भाग्यलाई मौन राखेर निरन्तर कर्म गरियो र आफ्नो घरको उर्जा व्यवस्थापन अर्थात वास्तु राम्रो रह्यो भने ६६ प्रतिशत प्राप्त भयो । यसरी आफ्नो घरको उर्जा व्यवस्थापन सही ढंगले गरेर चुनावमा प्रतिस्पर्धा गर्दा सफल भईन्छ ।
(लेखक सोती वैज्ञानिक महावास्तु विशेषज्ञ, सिभिल इन्जिनियर, एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य हुन् ।)