मतदान केन्द्र तोकिएका गैँडाकोटका १९ वटा विद्यालय

२०७९ बैशाख २२ बिहीबार १०:३१:०० मा प्रकाशित


गैँडाकोट । स्थानीय तह सदस्य निर्वाचनको मतदानका लागि गैँडाकोटका १९ वटा विद्यालय प्रयोग हुने भएका छन् ।

नगरका १९ वटा विद्यालय मतदान केन्द्र तोकिएकाले यी सँगै सबै विद्यालयमा २८ गतेदेखी पठनपाठन बन्द हुने भएका छन् । तीन दिनअघि देखी नै मतदान केन्द्रको निर्माण एवं मतदान परिचय पत्र वितरण समेतको प्रयोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुरुप विद्यालय उपलब्ध गराउने निर्णय गरिएको गैँडाकोटका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईंले जानकारी दिनुभयो ।

सोही अनुरुप विद्यालय भवववन तथा परिसर उपलब्ध गराईदिन विद्यालयलाई परिपत्र गरिएको उहाँले जानकारी दिनुभयो ।


मतदान केन्द्र तोकिएका गैँडाकोटका १९ वटा विद्यालय