चितवनमा हावाहुरीका कारण तीनजनाको मृत्यु, १५ जना घाइते

२०७९ जेठ ७ शनिबार ०८:५९:०० मा प्रकाशित

बैशाख ७ गते । हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु र १५ जना भन्दा वढी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले शनिवार विहान सुचना जारी गरि शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा पुर्याएको क्षतिको जानकारी दिदै मृतक तथा घाइतेहरुको विवरण सार्वजनिक गरेको छ । 

हावाहुरीका कारण रुख ढल्दा भरतपुर– ११ भोजाड जङ्गल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ नं. को अटोलाई च्याप्दा अटोमा सवार दुई जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार  उक्त घटनामा मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोल बस्ने ५१ वर्षीय को प्रदिपकुमार लामा र गोरखाको गण्डकी– ६ घरभई हाल भरतपुर– ७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङ रहेका छन् । 

सो घटनामा घाइते हुने सोही अटोमा सवार भरतपुर ११ कै २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमाया गुरुङ चितवन मेडिकल कलेज उपचार भईरहेका प्रहरीले जनाएको छ । 

यस्तै हावा हुरीकै  कारण ढलेको रुखले च्यापिएर भरतपुर ११ बसेनि चोकमा एक जनाको मृत्यु भएको छ ।  बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको  अटोलाई रुखले किच्दा सवार भरतपुर–११ बस्ने ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । 

अहिले तिनै जनाको शव  पोष्टमार्टमालागि भरतपुर अस्पतालमा राखिएको छ । यस्तै हावाहुरीकै रुख ढलेर च्यापिदा कारण १५ जना घाइते भएका छन् । 

रेडियोको टावर भाँचियो 

चितवनको पहिलो रेडियो सिनर्जी रेडियोको एन्टेना टावर भाचिएको छ । रेडियोका प्रमुख   रमाकान्त पौडेलले हावाहुरीले टावर भाँचिएर पुगेको क्षतिका कारण अहिले नियमित प्रसारण वन्द भएको बताउनुभयो ।