चितवन जिल्लाको ६ वटा पालिकाको मतगणना सम्पन्न 

२०७९ जेठ ८ आइतबार १३:४८:०० मा प्रकाशित


चितवन । चितवनको जिल्लामा रहेको ७ पालिका मध्य ६ वटा पालिकाको मतगणना सम्पन्न भएको छ । एउटा गाउँपालिका र ५ वटा  नगरपालिकाको मतगणना सम्मपन्न भएको हो । अहिले भरतपुर महानगरपालिकाको मतगणना भने चलिरहेको छ ।
६ वटा पालिकामध्य इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । अध्यक्षमा दानबहादुर गुरुङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा माया सिल्वाल विजयी हुनुभएको छ । 
त्यस्तै कालिका नगरपालिकामा प्रमुख र उप प्रमुखमा नेकपा एमालेले जितेको छ । कालिकाको प्रमुखमा  एमालेका विनोद रेग्मी र उपप्रमुखमा विमला तामाङ निर्वाचित हुनुभएको हो ।
राप्ती नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का शमशेर लामा निर्वाचित हुनुभएको छ भने उप प्रमुखमा कांग्रेसबाट देवेन्द्र लामा विजयी हुनुभएको छ । 
खैरहनी नगरपालिकामा नगर प्रमुखमा कांग्रेसबाट शशिकुमार खनिया र नेकपा एमालेबाट उप प्रमुखमा कविता उप्रेती विजयी हुनुभएको छ ।
रत्ननगर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार प्रल्हाद सापकोटा र उप प्रमुखमा नेकपा एमालेका उमेदवार यादवप्रसाद पाठक विजयी हुनुभएको छ । त्यस्तै  माडी नगरपालिकाको नगरप्रमुखमा एमालेकी ताराकुमारी काजी महतोे विजयी हुनुभएको छ भने उप प्रमुखमा नेपाली कांग्रेसबाट खेमप्रसाद महत्त विजयी हुनुभएको छ । 
चितवन जिल्लामा जम्मा २ लाख ८६ हजार १ सय ४० मत खसेको थियो । त्यस्तै भरतपुर महानगरपालिकामा १ लाख २७ हजार मत खसेको मा हालसम्म ९४ हजार २ सय ३२ मत गणना गरिसकिएको छ । भरतपुर महानगरालिकाको अन्तीम मतपरिणामा मंगलबार रातिसम्म आउने अनुमान गरिएको छ ।