भरतपुरको काँग्रेस पार्टी कार्यालयमा तोडफोड

२०७९ जेठ ८ आइतबार १५:५१:०० मा प्रकाशित


भरतपुर । नेपाली काँग्रेस भरतपुर–४ को पाटी कार्यलयमा गए राती तोडफोड भएको छ । अज्ञात समूहले गरेको तोडफोेबाट कार्यलय भित्रको कुर्ची टेवलमा क्षति पुगेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
घटनामा संलग्नको खोजी गरी कारबाही गर्न जिल्ला समितिले आग्रह गरेको छ । घटना सम्बन्धी प्रहरी समक्ष उजुरी दिएको सभापति खनालले जानकारी दिनुभएको छ ।