भरतपुरमा रेनु र विजयबीच ९ हजार बढीको मतान्तर

२०७९ जेठ ९ सोमबार ०५:५१:०० मा प्रकाशित

चितवन
भरतपुर महानगरपालिकामा १ लाख ५ हजार ६ सय ३६ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२४५३ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३२८२२ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३२०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४०९७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २५९९९ मत प्राप्त गरेकी छन् । उपप्रमुखममा भने १८ हजार ९८ ले काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरिरहनुभएको छ ।