स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त

२०७९ जेठ १० मंगलबार १०:४६:०० मा प्रकाशित

काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिएको छ । अहिलेसम्म प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार बालेनले ५० हजार ६१ मत प्राप्त गरिसक्नुभएको छ । बालेनलाई पछ्याईरहनुभएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गर्नुभएको छ । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवार केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गर्नुभएको छ ।