कोरोनाको उपचारमा सरकारले हरसम्भव प्रयास गरेको छ – राष्ट्रपति भण्डारी

२०७९ जेठ १० मंगलबार १६:५५:०० मा प्रकाशित


काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणविरुद्धको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताउनुभएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उहाँले हालसम्म ९६ प्रतिशत लक्षित समुदायलाई कोरोनाविरुद्धको पहिलो खोप, ८५ प्रतिशत पूर्ण खोप लगाइसकिएको बताउनुभएको हो ।
करीब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको उहाँले बताउनुभयो । त्यसै गरी स्वास्थ्य पूर्वाधारको व्यवस्था, औषधि, अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्रीसहित तीनै तहको सरकारबाट जनशक्ति परिचालित गरिएको उहाँले बताउनुभयो ।