यो वर्ष ३२५ किमि सडक कालोपत्रे, ६३८ मेगावाट बिजुली थपियो

२०७९ जेठ १० मंगलबार १७:००:०० मा प्रकाशित


काठमाडौं । एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा उक्त बिजुली उत्पादन गर्न सकेको जानकारी दिनुभएको हो ।
उक्त बिजुली उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको छ । एक वर्षमा १२ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि उल्लेख छ ।