कतार विश्वकप : आज चार खेल हुदै

२०७९ मङ्सिर १५ बिहीबार १६:०९:०० मा प्रकाशित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

जसमा समूह ई र समूह एफ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह एफ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । 

यस खेलहरुबाट समूह एफ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ई मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । 

यस खेलहरुबाट समूह ई बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । 

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।