जिल्ला सहकारी संघ पूर्वी नवलपरासीकोे ४० औ वार्षिक साधारण सभा सम्पन्न 

२०७९ माघ १ आइतबार १५:४२:०० मा प्रकाशित

नवलपुर
जिल्ला सहकारी संघ पूर्वी नवलपरासीकोे ४० औ वार्षिक साधारण सभा शनिबार कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालले जिल्ला सहकारी संघ सबै खाले सहकारीको गुनासो सुन्ने र समाधानको लागि सहजीकरणमा लाग्ने छाता संघ हुनुपर्ने बताउनुभयो । उहाँले जिल्ला विभाजन पछि सहकारी कर्मीहरूले जिल्ला संघलाई अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सदैव सहकारी अभियानमा साथ रहने कुरामा जोड दिनुभयो ।   
सचिवको प्रतिवेदन सह सचिव देवकी भण्डारीले , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष खीना भुसालले र लेखा समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति सदस्य छविलाल अर्यालले प्रस्तुत गर्नु भएको थियो। संघका कार्यालय सहायक कल्पना सिग्देललाई सम्मान गरिएको थियो। 
जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष होमनाथ जैसी, सहकारीकर्मीहरु खेमराज सापकोटा, ईन्दराज ज्योति पौडेल, रूक्मत श्रेष्ठको उपस्थिती रहेको थियो । 
संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । भने कार्यक्रमको सहजीकरण सह सचिव देवकी भण्डारी र स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष तिलक प्रसाद पराजुलीले गर्नु भएको थियो।
जिल्ला विभाजन पछिको पहिलो संचालक समिति र लेखा सुपरिवेक्षण समिति चयनको कार्यक्रम निर्वाचन समितिले जारी राखेको छ। निर्वाचन समितिमा संयोजक गोपाल प्रसाद गौतम र सदस्यहरूमा केशव प्रसाद सापकोटा, हिममाया सिग्देल रहनु भएको छ।  निर्वाचन समितिले विभिन्न पदहरूमा आशय लिखित रूपमा लिएको छ र हलले एकमतले पदीय जिम्मेवारी मिलाएर राख्न निर्वाचन समितिलाई अधिकार  प्रत्यायोजन गरेको छ।