गैँडाकोट ४ मा ८ दिने उद्यमशिलता तालिम सम्पन्न

२०७९ माघ १८ बुधबार १९:२०:०० मा प्रकाशित


गैँडाकोट 
गैँडाकोट ४ को ८ दिने उद्यमशिलता तालिम आज सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा सो तालिम भएको हो । स्थानीय स्रोत साधनको सदुपयोग गरौ सिप सिकौ र आम्दानीमा बृद्धि गरौ भन्ने नाराका साथ उद्यमशिलता विकास तथा लैगिंक सचेतना कार्यक्रम गरिएको छ । ८ दिने सो तालिममा कसरी उद्यमी बन्न सकिन्छ र किन उद्यमी बन्ने लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । सहभागिले गैँडाकोट ४ मा सिलाइकटाई, व्यूटिपार्लर र बटारे धुपको व्यापार गरेर उद्यमी बन्न सकिने बताएका छन । 


कार्यक्रममा बोल्दै नगरप्रमुख मदनभक्त अधिकारीले महिलाहरुले आफ्नो सक्षमता देखाउँदै आम्दानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले सिलाई मेसिन , मासु मिसन कार्यक्रम अन्र्तगत सहयोग र अन्य सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । 
यस्तै उपप्रमुख शान्ति कोइरालाले महिला दिदिबैनीले रोजेका ३ वटै तालिम उपयुक्त भएको भन्दै यसमा अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले घरमा एकजना मात्र उद्यमी हुनु नभई घरमा नै सबै व्यस्त बन्ने वातावरण उद्यमले सिर्जना गर्ने भएकाले यसले परिवारमा खुसी ल्याउने बताउनुभयो । 
कार्यक्रमका अध्यक्ष एवं गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले वडाबासीलाई स्वरोजगार र उद्यमी बनाउन वडाले नगरसँगको सहकार्यमा बिभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । उहाँले वडाको विकासको लागि वडाबासीसँगै रहेर अझै उत्पादनशिल र रोजगारीको क्षेत्रमा समेत काम गर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै जय श्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरेले तालिम लिनु मात्र ठुलो कुरा नभएर यसको निरन्तरता र प्रतिबद्धता पनि आवश्यक पर्ने उहाले बताउनुभयो । 
सो तालिममा ४४ जना सहभागि भएका थिए त्यसमध्ये २१ जनाले सिलाईकटाइको तालिम, १३ जनाले व्यूटिपार्लरको तालिम र १० जनाले बटारे धुप बनाउने तालिम भए राम्रो गर्न सकिने र यसमा अवसर रहेको बताएका छन । सहभागिले तालिम लिन पाउँदा खुसी भएको बताउँदै पूर्ण तालिम दिएर उद्यमी बनाउन आग्रह गरेका छन । 
सो तालिमका प्रशिक्षकमा कमला अधिकारी र शसी खनाल रहेका थिए । कार्यक्रममा गैँडाकोट जनप्रतिनिधिहरु शान्ता घर्ति, हरि पौडेल, ईन्द्रकला घिमिरे इन्दु, धनमाया परियार लगायत सामाजिक एवं राजनितिक व्यक्तित्वकोे उपस्थिती रहेको थियो । कार्यक्रममा बसन्त कँडेल तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गैँडाकोट नगरपालिकाका उद्यम विकास सहजकर्ता कमला अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।