विजय सामुदायिकमा निर्वाचन प्रक्रिया मार्फत विद्यालयका लागि विद्यार्थी प्रतिनिधि चयन

२०७९ माघ १८ बुधबार १९:२२:०० मा प्रकाशित

गैँडाकोट 
विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आज निर्वाचन प्रक्रिया मार्फत विद्यालयका लागि विद्यार्थी प्रतिनिधि चुनेको छ । स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनका लागि आज विद्यालयमा निर्वाचन भएको थियो । 


विजय सामुदायिक शिक्षा सदनको स्कुल क्याप्टेनमा कक्षा ९ का छात्र संसार सापकोटा निर्वीरोध चयन हुनुभएको छ । यस्तै स्कुल भाइस क्याप्टेनमा कक्षा ८ का छात्र सरोज घिमिरे १ सय ८४ मतले विजयी हुनुभएको हो । 


यस्तै सदन तर्फ धौलागिरी हाउसबाट, हाउस क्याप्टेनमा कक्षा ९ का छात्रा सगुन राईले ५० मत प्राप्त गर्दे विजयी हुनुभयो र हाउस भाइस क्याप्टेनमा कक्षा ८ का छात्रा सामिया जिशी ७२ मतका साथ निर्वाचित हुनुभयो । 


यस्तै सगरमाथा हाउसबाट हाउस क्याप्टेनमा कक्षा ९ का बासु सापकोटाले ६९ मत प्राप्त गर्दे विजयी हुनुभयो र हाउस भाइस क्याप्टेनमा कक्षा ८ का छात्र सुजन लामा भने निर्वीरोध निर्वाचित हुनुभएको हो ।  


मकालु हाउसबाट, हाउस क्याप्टेनमा कक्षा ९ का छात्रा प्राञ्जु सुवेदीले ५७ मत प्राप्त गर्दे विजयी हुनुभयो र हाउस भाइस क्याप्टेनमा कक्षा ८ का छात्रा सौम्यता पौडेल ५२ मतका साथ निर्वाचित हुनुभयो ।


यस्तै अन्नपूर्ण हाउसबाट, हाउस क्याप्टेनमा कक्षा ९ का छात्र रोहित राइले ३८ मत प्राप्त गर्दे विजयी हुनुभयो र हाउस भाइस क्याप्टेनमा कक्षा ८ का छात्रा लिला रोका ३४ मतका साथ निर्वाचित हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्रीधर पाठकले जानकारी दिनुभयो । 
यस्तै निर्वाचन प्रक्रियामा ४ सय १७ मतदाता रहेका थिए । ३ सय ७० मत मत खसेको र ५ मत बदर भएको विद्यालयका नेपाली विषय प्रमुख शिक्षिका रञ्जना लामिछाने रञ्जुले जानकारी दिनुभयो । 


विद्यालयमा निर्वाचन प्रक्रियामा सहभागि बन्न पाउँदा र मत हाल्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिएका थिए ।


निर्वाचन आयोगले गर्ने स्थानीय, प्रदेश र संघको निर्वाचनमा मत बदर प्रतिशत बढि हुँदै आएको छ यसरी प्रतिनिधि नै छनौट हुने तवरले गर्ने निर्वाचनले निर्वाचन प्रक्रियाकाको बारेमा विद्यार्थी अहिलेदेखि नै जानकार हुने विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यस्ता खाले कार्यक्रमले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा पनि टेवा पु¥याउने हुँदा विद्यालयले गर्ने गरेको बताउनुभयो ।