हिजो भन्दा आज र आजभन्दा भोली जिइएस राम्रो बनाउने हाम्रो लक्ष्य हो – प्राचार्य अर्याल

२०८० भदौ १२ मंगलबार १५:२८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका भित्रका संस्थागत विद्यालय अन्तर्गत ‘क’ श्रेणीमा परेको गँैडाकोट ईंङ्लिस स्कूलले शैक्षिक गुणस्तर सुधारमा सधैँ संवेदनशील रहने बताएको छ । केही दिन अघि गैँडाकोट नगरपालिकाले संस्थागत विद्यालयहरुको श्रेणी वर्गीकरण गरेको थियो । विद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाको मूल्याङ्कनले विद्यालयको मेहनतलाई न्याय पुगेको बताएको छ । विद्यालयले आगामी दिनमा विद्यार्थीका लागि आवश्यक व्यवहार कुशल र जीवनपयोगी सिपका साथै सफ्ट स्कीलको विकासमा जोड दिने बताएको छ ।   

विद्यालयका प्राचार्य हिरालाल अर्यालले पत्रकारबीच विद्यालयले प्राप्त गरको उपलब्धीको उचाई कायम राख्न विद्यालय प्रतिवद्ध रहेको बताउनुभयो । विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा विद्यालयको लगानी, विद्यालयको भौतिक संरचना, समुदायको सहभागिता, अभिभावकको  चासो लगायतका विषयमा नगरपालिकाले अध्ययन गरेर उत्कृष्ट विद्यालय घोषणा भएको प्राचार्य अर्यालले बताउनुभयो । 


कक्षाको शिक्षण विधि, विद्यार्थी मूल्याङ्कन प्रक्रिया, शिक्षकहरुको पेशागत विकास, व्यवस्थापन र विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरुमा विद्यालय सचेत रहेका कारण आफूहरुले उत्कृष्ट विद्यालयको उपलब्धी हासिल गर्न सफल भएको विद्यालयका प्राचार्य  हिरालाल अर्यालले बताउनुभयो ।  विद्यार्थीको नियमित कक्षा, सिकाइ उपलब्धी, शिक्षकको पेशागत सन्तुष्टि, व्यवस्थित कक्षा कोठामा गैँडाकोट ईंङ्लिस स्कूलले क्वालिटीका लागि सम्झौता नगर्ने भएकै कारण विद्यालयले विगतदेखि धेरै सफलता प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक अर्यालले पत्रकार सम्मेलनमा बताउनभुयो । 

२०६२ सालमा स्थापना भएको विद्यालयको २०७१ सालदेखि अहिलेको व्यवस्थापनले विद्यालयलाई सञ्चालन गर्दै आएको हो । डेकेयर देखि कक्षा १२ सम्मको पठनपाठन हुने यस विद्यालयमा १३ सय विद्यार्थीहरूले शिक्षा लिइरहेका छन् । 

 

अहिले यो विद्यालय गैँडाकोट १ र २ मा रहेको छ । गैँडाकोट १ मा रहेको विद्यालयको भवनमा ३ कक्षासम्मको पठनपाठन हुन्छ । कक्षा ४ देखि १२ सम्मको पठनपाठन गैँडाकोट २ मा रहेको विद्यालयको भवनमा हुन्छ । गैँडाकोट नगरपालिकाले भर्खरमात्र संस्थागत विद्यालयहरूको वर्गीकरण गरेको छ । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको मूल्याङ्कनका आधारमा गैँडाकोट ईंग्लीस स्कूल ‘क’ श्रेणीमा पर्न सफल भएको छ ।  

गैँडाकोटका २० वटा संस्थागत विद्यालय मध्ये ‘क’ श्रेणीमा पर्ने गैँडाकोट ईङ्लीस स्कूल एक मात्र विद्यालय हो । ‘क’ श्रेणीमा पर्न सफल विद्यालयका सकारात्मक पाटाहरू के–के छन् ? यसै सन्दर्भमा गैँडाकोट ईङ्लीस स्कूलका प्राचार्य हिरालाल अर्यालसँग विजय खबर संवाददाता माया कँडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।


विद्यालय ‘क’ श्रेणीमा पर्न सफल भएको छ, कस्तो लागि रहेको छ ?

स्वभाविक रुपमा खुसी लागेको छ । एउटा मेहनतको कदर भएको महशुस गरेका छौँ । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न आधार र सूचकहरूबाट विद्यालयको शैक्षिक, भौतिक तथा अन्य विभिन्न पक्षको अध्ययन गरेर जुन वर्गीकरण गरेको छ । यसले हामीलाई हौसलाको अनुभूति भएको महशुस पनि भएको छ । स्थानीय सरकारले सूचकहरूको निर्माण गरि प्रधानाध्यापक र विज्ञहरूबीच छलफल गरेको थियो । सबैको छलफल र समझदारीपछि, त्यही सूचकहरूको आधारमा विद्यालयहरूको मूल्याङ्कन गरिएको थियो । विद्यालयहरूको कार्यसम्पादन, शैक्षिक अवस्थाका विषयमा अध्ययन गरेर नै स्थानीय सरकारले यस विद्यालयलाई गैँडाकोटकै एकमात्र ‘क’ श्रेणीमा राखेको छ । यसले हामीलाई उत्साह र जाँगर थपेको छ ।  हामीले शिक्षा क्षेत्रमा केही गर्नुपर्दछ भनेर ८ बर्षपहिलेबाट गैँडाकोट इङ्गलिस स्कुल राम्रो बनाउने शैक्षिक अभियानमा लागेका थियौँ ।  ८ वर्ष अघि  अभिभावक र समुदायको नजरमा नपरेको विद्यालयमा परिवर्तनका गतिविधि ग¥याँै । अहिले स्थानीय सरकारले त्यसको मूल्याङ्कन गरी ‘क’ श्रेणीमा राखेको छ, यसमा हामी खुसी र हर्षित छौँ । यो खुसीको क्षणमा हामीलाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने शुभचिन्तक, अभिभावक, विद्यार्थी, शिक्षक साथीहरु, सल्लाहकार मण्डल, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सबैको अहम् भूमिका छ । यो हामी सबैको सामुहिक सफलता हो ।  सबैलाई सम्झन र आभार व्यक्त गर्न चाहन्छु । 


जिइएस अरुभन्दा फरक छ भन्ने तपाईंहरूको दाबीलाई यसले थप प्रमाणित गरको हो  ? 

हामी फरक छाँै भन्ने कुरा त हामीसँग धेरै आधार छन् । यस भन्दा अघि हाम्रो विद्यालयले बालमैत्री र वातावरणमैत्री विद्यालयका सूचकहरू पुरा गरेको हुनाले गैँडाकोट नगरपालिकाले बालमैत्री र वातावरणमैत्री विद्यालय घोषित गर्ने र प्रमाणपत्र दियो । यस्तै तेस्रो नगर सभाले एउटा उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरेको छ ।  यसको अलवा हामीले दुई पटक ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कूल अवार्ड पनि प्राप्त गरेका छौ । अहिले गैँडाकोट नगरपालिकाले विद्यालयको श्रेणी विभाजन गर्दै कार्यसम्पादन मूल्याङ्कनको आधारमा  गैँडाकोट इङ्लिस स्कुल मात्र ‘क’ श्रेणीमा पर्न सफल भएको छ । यसले पनि हामी अरु भन्दा उत्कृष्ट छौँ भन्ने हाम्रो दाबीलाई प्रमाणित गर्छ । 


यो सफलताले स्कूलको साख पनि बढाएको छ, सँगसँगै चुनौति पनि थपिएको छ नि ?

मैले जहिले पनि भन्ने गर्छु क्वालिटि ।  हिजो भन्दा आज राम्रो बन्ने भनेकै क्वालिटि (गुणस्तर) हो । अरु भन्दा राम्रो भएर गुणस्तर बढ्ने होइन । हाम्रो प्रतिष्पर्धा समयस“ग हो, हिजो भन्दा आज र आजभन्दा भोली जिइएस राम्रो बनाउने हाम्रो लक्ष्य हो । त्यसकारण हामीले जिइएसलाई हिजो भन्दा आज राम्रो र आज भन्दा भोलि राम्रो बनाउने गतिले काम गरिरहेका छौँ । विगत ८ बर्षदेखि विद्यालय सञ्चालन गरिरहँदा, जसरी मोबाइल फोनका भर्सन चेन्ज हुन्छन् । त्यसैगरी हामी जिइएस भर्जन ३ मा अहिले काम गरिरहेका छौँ । गतबर्षको भर्सन भन्दा अहिले फरक पाउनुहुनेछ ।  अब तीन बर्षपछि अब हामी भर्सन ४ मा जान्छौँ । यो के भन्न खोजेको हो भने जिइएस परिवर्तन भइरहेको समयअनुसार अघि बढ्छ् । समय अनुसार  हाम्रा नीति, नियम र गतिविधिलाई समयसापेक्ष रुपमा परिमार्जन गर्ने गरेका छौँ । परिवर्तनलाई पछाडी फर्केर हेर्ने र हामी कहाँ कुन ठाउँमा छौँ त, परिवर्तन कुन गतिमा चलेको छ । परिवर्तनको गतिसँग सामिप्य हुने गरी  विद्यालयलाई सञ्चालन गर्ने कुरामा हामी सजग छौँ । अर्को कुरा हामी सबै विद्यालय ‘क’ श्रेणीमा पुगुन भन्ने पनि चाहन्छौँ ।  गैँडाकोटको समग्र शैक्षिक विकासका लागि सबै शैक्षिक संस्था उत्कृष्टताको श्रेणीमा आउँदा हामी खुसी हुन्छौँ । 

यस विद्यालयको राम्रा पक्ष के–के हुन् ? 

यस विद्यालय भित्र हाम्रो आफ्नै जिइएसको कल्चर छ । कल्चरभित्र धेरै कुरा छन् विद्यालयको दृष्टि, उद्देश्य, लक्ष्य, कार्यशैलीका विषयमा हाम्रो आफ्नै तौलतरिका छ । हामी हाम्रो कार्यसम्पादनका सन्दर्भमा प्रष्ट छौँ । हामी आफ्नो लक्ष्य अनुरुपको काम गर्दछौँ र अघि बढ्छौँ । हाम्रा सबै कामको केन्द्रविन्दु भनेको विद्यार्थीको सिकाई उपलब्धी नै हो । हाम्रो आफ्नै जिइएस भ्यालु (महत्व) र कल्चर (संस्कृति) लाई एउटा लाइफलाइन बनाएका छाँै ।  शरीरभित्र जसरी रक्तसञ्चार प्रणालीको महत्त्व छ । त्यसैगरी हाम्रो नीति नियम र शैक्षिक संस्कारका कारण विद्यार्थीको समग्र क्षमता विकासमा टेवा पुगेको छ । हामीले अरुभन्दा फरक विधि नै अपनाएका छाँै । 


विद्यालय शुल्क अलि महङ्गो भयो भन्ने गुनासो छ नि ? 

शुल्क निर्धारणका सन्दर्भमा नेपाल सरकारले पनि के भनेको छ भने, विद्यालयको सुविधाका आधारमा शुल्क निर्धारण हुनुपर्दछ । हामी सरकारको नीतिमा ऐक्यबद्धता जनाएका छौँ ।  यो संसारमा “नो थिङग्स् कम्स फर फ्रि” भन्ने एउटा भनाई छ । कुनै पनि कुरामा हामीले क्वालिटि दिनका लागि त सुविधा अनुसारको शुल्क लिनैपर्छ । हामी पनि एउटा नीजि संस्था हो । हामीले जतिपनि क्रियाकलाप सञ्चालन गर्छाँै त्यसको मुख्य आम्दानीको स्रोत भनेकै विद्यालय वा अभिभावकले तिर्ने शुल्क नै हो । हामीले विद्यालयमा धेरै लगानी गरेका छौँ । त्यस लगानीको तुरुन्तै र अस्वभाविक प्रतिफल पनि हामीले लिएका छैनौँ र लिने चाहना पनि छैन । त्यसले गर्दा खेरी हामीले जुनखालको गुणस्तरीय शिक्षा दिन खाजेका छौँ । त्यो गुणस्तर कायम गर्दा पक्कै पनि केही शुल्क त बढि हुन्छ नै तर पनि हामीले समग्रमा हाम्रो वरिपरिको शुल्कलाई हे¥यौँ भने हामीले दिएको सुविधाका आधारमा त्यति धेरै शुल्क पनि छैन् ।  


सबै तहका अभिभावकले यस विद्यालयमा सहज पहुँच राख्न सक्छन ?

नेपाल सरकार र अहिले स्थानीय सरकारले पनि विद्यालयमा विद्यमान विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नियम छ । त्यो अनुसार हामीले गरिब, जेहेन्दार र महिला, जनजाति, आदिवासी जनजाति, द्वन्द्वपिडित लगायत नेपाल सरकारले निदृष्ट गरेको आधारहरूमा टेकेर सबैलाई शिक्षाको पहुँचमा ल्याउने कुरामा इमान्दार छाँै । हामीले त्यस आधारमा नै १० प्रतिशत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेका छौँ । यस विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरु त्यो १० प्रतिशत छात्रबृत्तिमा एप्लाई गर्न पाउनुहुन्छ ।  दश प्रतिशत भनेको एउटा ठूलो सङ्ख्या नै हो । त्यसले गर्दा एउटा आधार के हुन्छ भने संस्थागत विद्यालयमा सक्नेले तिर्ने हो नसक्नेले सुबिधा लिने हो । त्यो कारणले चाहिँ हामीले समावेशी र सबै वर्ग र तप्काका मानिसलाई सहज होस् भनेर केही गरिब, जेहेन्दार विद्यार्थीलाई पनि हामीले हाम्रो विद्यालयमा अध्ययन अध्यापन गराइरहेका छौँ ।