माडीमा भएको दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते 

२०८० मङ्सिर २३ शनिबार १९:२३:०० मा प्रकाशित

चितवन । माडीको बरुवास्थित चितई पुलमाथि बोलेरो गाडी र मोटरसाइकल ठक्कर खाँदा सोमेश्वर मा.वि. बरुवामा कार्यरत १ जना शिक्षकको मृत्यु भएको २ जना घाइते भएका छन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी ४० बर्षीय स्थायी घर बैतडी रहेका शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । दुर्घटनालगत्तै बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याइएका खत्रीको उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ । घाइते लेखापाल सुर्य अधिकारीलाई थप उपचारको लागि भरतपुर लागिएको छ भने घाइते शिक्षक भुवानी पौडेलको बघौंडा अस्पतालमा उपचार भइरहेको छ ।

शनिवार साँझ करीब ६ बजे चितई पुलमाथि बसन्तपुरबाट बरुवा जाँदै गरेको लु. २ च. २५०८ नम्बरको बोलेरो र बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकल चितई खोला पुलमाथि ठोक्किएको हो ।