नारी दिवशको पूर्वसन्ध्यामा गैँडाकोटमा खेलकुद कार्यक्रम 

२०८० फाल्गुण २० आइतबार १८:५७:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ४ ले ११४ औँ अन्तराष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा विविध खेलकुद कार्यक्रम गरेको छ ।

महिला सञ्जाल गैँडाकोट ४ को आयोजना तथा वडा कार्यलयको प्रवद्र्धनमा आइतबार कार्यक्रम गरेको हो । घँैटो फुटाइ, चम्चा दौड, तातो आलु र म्युजिकल चियर लगाएतको प्रतियोगिता गरिएको महिला सञ्जालका सचिव शोभा घिमिरेले जानकारी दिनुभयो । 

गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले हरेक काममा महिला एक भएर अगाडी बढ्न सुझाव दिनुभयो । महिलाको क्षमता र सीप विकासका लागि वडाले सधँै काम गर्ने उहाँको भनाई छ । महिला सञ्जाल गैँडाकोट ४ का अध्यक्ष अनिता काफ्लेले दिदि बहिनीको चाहाना अनुरुप खेल कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा पनि अन्य कार्यक्रम संचालन गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य शान्ता भुजेल, महिला सञ्जालका सल्लाहकार कमला तिवारी, संगिता घिमिरे, कोटेश्वर शिवालय समितिका उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सहभागि हिरा थापा र मञ्जु रेग्मी लगाएतले शुभकामना दिएका थिए ।