समाचार प्रभाव ः स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

२०८१ बैशाख ५ बुधबार १८:५८:०० मा प्रकाशित


नवलपुर। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग नगर्न आग्रह गरेको छ ।

बुधवार एक सुचना जारी गर्दै केन्द्रले केही विद्यालयहरूले कानुनी व्यवस्थाको प्रतिकूल हुनेगरी आफूखुसी पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरू पनि प्रयोग गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यमवाट प्रकाशित समाचार तथा अभिभावकहरूवाट समेत प्राप्त गुनासाप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


पाठ्यक्रम विकास केन्द्रबाट अनुमति र स्वीकृति नभएका पाठ्यपुस्तक प्रयोग नगर्न नगराउन केन्द्रले सम्पूर्ण विद्यालय र अभिभावकहरूमा अनुरोध समेत गरेको छ ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित ) को दफा ८ तथा शिक्षा नियमावली, २०५९ ( संशोधनसहित) को नियम ६ मा विद्यालयले नेपाल सरवारवाट स्वीकृत पाठ्यक्रम र पाठ्यसामग्री लागु गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।


केन्द्रले स्थानीय तह, सामुदायिक र संस्थागत विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्रवाट स्वीकृति प्राप्त पाठ्यपुस्तक, पाठ्यसामग्री र सिकाइ सामग्री मात्र प्रयोग गर्ने गराउनेसम्बन्धी सूचना जारी गरिसकिएको जानकारी पनि सुचनामा उलेख्क गरेको छ ।

साथै सवै स्थानीय सरकार एवम् शिक्षा विकास तथा समन्वय एकाइहरूलाई तत्सम्बन्धमा नियमित अनुगमन गर्न र अनुगमनका क्रममा कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी त्यसप्रकारका पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न पनि आग्रह गरिएको छ ।

केही दिन अगाडी विजय एफएम र विजय खबर पत्रिकामा पाविकेका महानिर्देशक भन्छन “स्वीकृत नभएका पाठ्यपुस्तक चलाउन पाईँदैन” शिर्षकमा समाचार प्रकास भएको थियो । 
यो पनि