एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम टुङ्गो लगायो

२०८१ बैशाख ६ बिहीबार १४:००:०० मा प्रकाशित

काठमाण्डौ – नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम टुङ्ग्याएको छ ।

एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता लीला गिरीले जानकारी दिनुभयो ।

एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ । आज बेलुका ५ बजे शपथ ग्रहणको तयारी छ ।