इलाम अपडेट : सुहाङ ७०३३, डम्बर ५१०५

२०८१ बैशाख १७ सोमबार ०५:४६:०० मा प्रकाशित

इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले ७ हजार ३३ मतका साथ अग्रता कायमै राख्नुभएको हो । उहाँलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहनुभएको छ । कांग्रेसका खड्काले ५ हजार १०५ मत ल्याउनुभएको छ । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर १९ सय २८ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३ हजार ५१३ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार मत पाउनुभएको छ । 

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम– २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका यी स्थानहरूमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो ।