बझाङमा कांग्रेसले एमालेको अग्रता तोड्यो  

२०८१ बैशाख १७ सोमबार ०६:०८:०० मा प्रकाशित

बझाङ । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन् । एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाएका छन् । पहिलो पटक कांग्रेसले एमालेको अग्रतालाई तोडेको हो । 

नेकपा माओवादीका केन्द्र उम्मेदवार जनक बुढा दुई हजार ८९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार १०२ मत सहित चौथो स्थानमा छन् ।