२६ हजार मत गन्दा सुहाङले कटाए ११ हजार

२०८१ बैशाख १७ सोमबार ११:३५:०० मा प्रकाशित

काठमाडौं । इलाम–२ मा एमालेका उम्मेवार सुहाङ नेम्वाङले बलियो अग्रता बनाउँदै लगेका छन् । २६ हजार ४३९ मत गन्दा नेम्वाङले ११ हजार ९ मत पाउँदै अग्रता कायम गरेका छन् ।

हालसम्मको परिणामअनुसार नेम्वाङ निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काभन्दा ३ हजार ७३४ मतले अगाडि छन् ।
हालसम्म कांग्रेसका खड्काले ७ हजार २७५ मत पाएका छन् ।

यता, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ८६९ मत पाउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५०९ मत पाएका छन् ।

लगातार बलियो मतान्तरसहित अग्रता जमाइरहेका एमालेका नेम्वाङले आगामी परिणाममा पनि अग्रता लिइरहने सम्भावना देखिएको छ । कतिपय कांग्रेसकै प्रभाव क्षेत्रमा पनि नेम्वाङले बलियो मत पाएका छन् ।