गैँडाकोट ६ मा भएको निशुल्क दन्त शिविरमा ५६ जनाको दन्त परिक्षण

२०८१ बैशाख १७ सोमबार १९:०६:०० मा प्रकाशित


गैँडाकोट ६ मा भएको निशुल्क दन्त शिविरमा ५६ जनाले दन्त परिक्षण गरेका छन् ।

गैँडाकोट जेसीज आयोजना तथा कालिका डेन्टल भरतपुरको प्राविधिक सहयोगमा सिर्जनशिल आधारभूत विद्यालयमा भएको शिविरमा ५६ जनाले परिक्षण गराएको गैँडाकोट जेसीजका उपाध्यक्ष रोशन सापकोटाले जानकारी दिनुभयो ।

गैँडाकोट जेसीजका अध्यक्ष राजेश पौडेलले नागरिकको स्वास्थको सवालमा पनि जेसीजले काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि अन्य कार्यक्रम पनि गर्ने बताउनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुवास चापागाईले युवाको नेतृत्वमा रहेको संस्थाले स्वास्थ्यको क्षेत्रमा काम गर्नु प्रशंसायोग्य रहेको बताउनुभयो । आगामी दिनमा पनि अन्य सामाजिक कार्यगर्न पनि अनुरोध गर्नुभएको छ ।