गैँडाकोट ४ का चोक–चोकमा ट्राफिक संकेत सहितको डिभाइडर ड्रम राखियो 

२०८१ बैशाख १९ बुधबार १२:०१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ४ का चोक–चोकमा ट्राफिक संकेत चिन्ह सहितको डिभाइडर राखिएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले पछिल्लो समय बढ्दो दुर्घटनाको जोखीम न्यूनिकरण गर्ने उद्देश्यले चोक–चोकमा ट्राफिक संकेत चिन्ह सहितको ड्रमहरु राखिएको जानकारी दिनुभयो । राखिएका संकेत चिन्हको पालना गरी सवारी साधन आग्रह गर्दै उहाँले दुर्घटना हुन नदिनेतर्फ सावधानी अपनाउन सम्पूर्णमा आह्वान गर्नुभयो । गैँडाकोट ४ का १२ वटा चोकमा डिभाइडर ड्रम राखिएको बताउँदै वडा अध्यक्ष घिमिरेले आगामी दिनमा जेब्रा क्रस निर्माण, ट्राफिक संकेत होडिङ बोर्डहरु राखिने बताउनुभयो ।  

समाजसेवी टोलनाथ घिमिरेले बाटो साँघुरो हुनु र सवारीसाधनको चाप बढी रहेको सन्दर्भमा राखिएका ड्रमको सहायताले दुर्घटना कम गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यावसायिक रुपमा सडक छेउमा राखिएका त्यस्ता सामग्री हटाउन पहल गर्नुपर्ने बताउँदै दुर्घटना हुन नदिनेतर्फ सबैको उत्तिकै दायित्व भएकाले सबै सजग हुनुपर्ने बताउनुभयो । 

अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका इन्चार्ज, प्रहरी नायब निरीक्षक दामोदर मल्लले ट्राफिक नियमबारे सचेत गराउँदै दुर्घटना न्युनिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सवारी साधनको परीक्षणदेखी मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य, सिट बेल्ट अनिवार्य लगाउने लगायतका ट्राफिक नियम पालना गरे क्षति कम हुने बताउनुभयो । दुर्घटनाका कारण सावरीमा क्षति भए मर्मत गर्न सकिए पनि मानवीय क्षति पूत्र्ति गर्न नसकिने बताउँदै उपचारमा समेत बढी खर्च हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो । 


 

सो अवसरमा सामुदायिक सेवा केन्द्र, पूर्व नगर कार्यपालिका सदस्य, जनप्रतिनिधिहरु, हरेक टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य हरि पौडेलले उद्घाटन कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।