नवलपुरका जिल्ला समन्वय अधिकारीको सरुवा 

२०८१ बैशाख २० बिहीबार १८:१३:०० मा प्रकाशित

कावासोती । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका जिल्ला समन्वय अधिकारी महेश पाण्डेको सरुवा भएको छ । उहाँलाई उप सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वा अन्तर्गत लुम्बिनी प्रदेश सरुवा गरिएको हो । 

त्यस्तै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला समन्वय अधिकारीका रुपमा उप सचिव जितेन्द्र जंग के.सी आउन लाग्नुभएको छ । उहाँ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशबाट सरुवा भई आउन लाग्नुभएको हो ।

बिहीबार विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो । बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।