गैँडाकोट २ मा महिला सञ्जालको उद्घोषण तथा लेखा सम्बन्धी तालिमको समापन

२०८१ बैशाख २२ शनिबार १९:१५:०० मा प्रकाशित

गैँडाकोट । वडा स्तरीय महिला सञ्जाल गैँडाकोट २ ले आयोजना गरेको ५ दिने उद्घोषण तथा लेखा सम्बन्धी तालिमको शनिबार समापन गरिएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक वडा अध्यक्ष खगराज आचार्यले अरुको भलो, सेवा र सहयोगमा नेतृत्व विकास तथा वाककलाले सहयोग पु¥याउने बताउनुभयो । पाँच दिनमा प्रशिक्षार्थीमा नयाँ सीप  नयाँ अनुभव प्राप्त भएको महशुस गरेको बताउनुभयो । 

वडा स्तरीय महिला सञ्जालका अध्यक्ष पार्वती शर्मा लम्सालले उद्देश्य अनुसारको सिकाईले पूर्णता पाएको बताउनुभयो । आगामी दिनमा महिला दिदीबहिनीको क्षमता विकासमा अन्य कार्यक्रम पनि सञ्चालन गर्ने बताउनुभयो । 

गैँडाकोट २ का वडा सदस्य सकिला परियारले सिकेका सीप व्यवहारमा उतार्न सुझाब दिनुभयो । अब प्रत्येक टोलटोलमा कुशल कार्यक्रम सञ्चालकको जन्म भएको विश्वास व्यक्त गर्नुभयो । 

नवलपुर जिल्ला प्याब्सनका अध्यक्ष एवं बाल विकास स्कूलका प्राचार्य दिपक रावतले महिला शिक्षित हुनु भनेको परिवार शिक्षित हुने बताउँदै सिकेका सीप आफ्ना बालबालिकाहरुमा सिकाउन सुझाब दिनुभयो । 

नगर शिक्षा समिति सदस्य विष्णुमाया पन्थीले वाककलाले क्षमता विकास र क्षमता विकासले सहज जीवन शैली निर्माणमा सघाउ पुर्याउने बताउनुभयो ।

विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले निरन्तर अभ्यासले मात्र वाककलाको विकास हुने भन्दै प्रयोगात्मक सिकाई निरन्तरताका लागि सुझाब दिनुभयो ।  

महिला सञ्जालका सल्लाहकार शारदा ढकाल र देवी पोखरेलले वाककला सामाजिक क्षेत्रमा सहयोगी हुने बताउनुभयो । प्रशिक्षार्थीहरु रिता कोइराला र अञ्जु न्यौपानेले सिकेको सीप टोलटोलमा सिकाउने प्र्रतिवद्धता व्यक्त गर्नुभयो । 

सञ्जालका सहसचिव लक्ष्मी अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्जालका  सचिव कविता भूषालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । तालिममा विजय एफएएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, सहायक म्यानेजर प्रेमबहादुर क्षेत्री, सुम्निमा ग्र्रामिण सहकारीका व्यवस्थापक गुरुप्रसाद सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।

गैँडाकोट २ का १० वटा टोलका दिदीबहिनी गरि ४५ जना बढीले तालिममा सहभागिता जनाएका थिए ।