गैँडाकोट ८ का ६ सय बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

२०८१ बैशाख २३ आइतबार १७:२८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले ६ सय बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ ।

यहिँ वैशाख १६ गतेबाट २३ गतेसम्म संञ्चालन भएको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत रहेर वडा भित्र रहेको ११ वटा टोलका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको कार्यवाहाक वडा अध्यक्ष खगेश्वर सापकोटाले जानकारी दिनुभयो ।

आधारभूत स्वस्थ्य केन्द्र गैँडाकोट ८ को आयोजनामा नगर स्वास्थ्य शाखा, आयुर्वेद सेवा केन्द्रको सहकार्यमा स्वास्थ्य परिक्षण गरिएको हो ।

बिषेशगरि सुगर, प्रेसर चाज गर्नुका साथै ग्याष्ट्रिक, आयुर्वेद लगाएतको औषधी निशुल्क वितरण गरिएको वडा सदस्य तर्कबहादुर थापाले जानकारी दिनुभयो ।