गैँडाकोट नगरपालिका र उद्योग वाणिज्य संघबीच छलफल

२०८१ जेठ ११ शुक्रबार १७:४०:०० मा प्रकाशित


नवलपुर । गैँडाकोट नगरपालिकाले शुक्रबार उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायीसँग छलफल गरेको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा विभिन्न सरोकारवालाहरूसँगको छलफल कार्यक्रम सुरु गरेको छ । जस अनुरूप शुक्रबार व्यवसायिहरुको क्षेत्रमा पालिकाले आगामी दिनमा कस्ता कार्यक्रम सञ्चालन गर्ने र त्यसमा व्यवसायिको सहयोग कस्तो रहने लगायतको बिषयमा छलफल भएको छ ।

छलफल कार्यक्रममा सहभागि व्यवशायिले आर्थिक मन्दिका कारण व्यवसायिमा चुनौती खडा भएको, करको थर बढी हुँदा समस्या उत्पन्न भएको, आर्थिक मन्दिको समस्याबाट ठूलो क्षति व्यवसायिलाई परेको बताएका थिए । 
उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले गैँडाकोट नगरपालिकाको नीतिमा करको दायरा बढाउने, दर नबढाउन कार्यक्रम समावेश गर्न अनुरोध गर्नुभएको छ । 

उद्योग वाणिज्य संघ गैँडाकोटका बरिष्ठ उपाध्यक्ष छवि कंडेलले आर्थिक मन्दिरको चपेटामा परेका व्यवसायीलाई हौसला दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै अटो व्यवसायिलाई पनि नगरपालिकाले कर दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । 

गैँडाकोट १० का वडा अध्यक्ष तथा लेखा समिति संयोजक देविदत्त कंडेलले दोहोरो करका कारण पनि समस्या भएको गुनासो बढ्न थालेकाले यसमा छलफल गर्नुपर्ने बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले सरकारको तीनखम्बे अर्थ नीतिलाई आत्मसाथ गर्दै आगामी दिनमा नीजि क्षेत्रसँग कसरी सहकार्य गर्ने भन्ने उद्देश्यले छलफल गरिएको बताउनुभयो । 
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै व्यवशायीहरूको सुझाव र आवश्यकता अनुसार अगाडी बढ्ने बताउनुभएको छ । साथै उहाँले करको दायरा बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।   

गैँडाकोट नगरपालिकाका ७ सय बढी व्यवसाय उद्योग वाणिज्य संघमा संचालनमा रहेका छन् जसमध्य ६० प्रतिशत व्यवसायी सञ्चालनको अवस्थामा रहेको संघले जनाएको छ । गैँडाकोट नगरपालिकामा भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी लिलाधर पौडेलले गर्नुभएको थियो  ।