भरतपुर–३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुलमा क्षति

२०८१ असार २३ आइतबार ०७:०४:०० मा प्रकाशित

चितवन  । लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको छ ।

नारायणी नदीमा आएको बाढीको जोखिममा रहेका १७१ जनाको उद्धार गरिएको छ ।

भरतपुर महानगरका विभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।