गैँडाकोट १ मजुवा वन नजिकै नदी किनारमा तीन जनाको शव फेला

२०८१ असार २५ मंगलबार १९:१३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका–१ मजुवा सामुदायिक वन नजिकै नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार मंगलबार (आज) साढे बिहान १० बजेको समयमा २ जना पुरुष र एक महिलाको शव फेला परेको हो ।

अन्दाजी ६० र ४५ वर्षीय पुरुष र अन्दाजी ४५ वर्षीया महिलाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। इलाका प्रहरी गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्डमा गएको प्रहरीको टोली मुचुल्का उठाई शवहरु पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।

माछा मार्न गएका केही व्यक्तिहरुले तीन शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शवको प्रकृती हेर्दा अन्तबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ।