सयपत्री फूलको हेरचाह

२०८१ भदौ २५ मंगलबार १६:४८:०० मा प्रकाशित

गैँडाकोट । अहिले हरेकका घरमा सयपत्री फूल देखिन्छन् । रोपेका फूललाई हेरचाह गर्नु, किराहरु र रोगहरुबाट जोगाउन उत्तिकै चुनौती देखिन्छ ।  

रोपेका फूललाई हेरचाह गर्ने तरिका भनेको सिँचाईको प्रबन्ध मुख्य रहेको तर पानी जम्न दिन नहुने कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अधिकृत विश्वास काफ्ले बताउँछन् । 

सयपत्री फूल विभिन्न जातका हुन्छन् । जस्तै ठुलो थुङगा हुने कोर्मा, सानो थुङगा हुने टेनिसवल । सयपत्री फूलमा झुसिलकिराको आक्रमण हुन्छ र फुल्न थालेपछि ओईलाउने रोग लाग्न थाल्छ । फूल फूल्ने समयमा पानी बढी भयो भने ओईलाउने थुङ्गा कालो हुने काफ्लले  बताए ।  

फूलहरु ओईलाउने, झुसिलकिराको आक्रमण भएमा ढुशीनासक विषादी, क्रोलोपाईलको प्रयोग गर्ने काफ्लेको भनाई छ । सयपत्री फूलको फाईदा भनेको क्यापक्रपको रुपमा प्रयोग गर्न सकिने काफ्लेले बताए । रोपेको ं३० देखि ४० दिनमा टुप्पाहरु काट्ने हो भने फूलको थुङ्गा धेरै लाग्ने कृषि अधिकृत काफ्ले बताउँछन् । 

तेल, मल्हम, फेस प्याक, चिया आदिमा पनि सयपत्री उपयोग गरिन्छ । पहिले–पहिले केसरको सट्टा सयपत्रीकै रङ प्रयोग गरिन्थ्यो । बगैंचामा अरू फूलसँग मिसाएर यो फूल रोपे लामखुट्टे कम आउन सक्छ । यो एन्टिफंगल, एन्टिब्याक्टेरियल र एन्टिफ्लेमेटरी हुने भएकाले सयपत्रीको लेपले छालाको सौन्दर्य बढाउनुका साथै छालासम्बन्धी रोगबाट जोगाउँछ । पेटसम्बन्धी रोग, ग्यास्ट्रिक निको पार्न र जन्डिस, पायल्समा हितकारी यो फूलको रसले महिनावारी नियमित बनाउन पनि सहयोग गर्ने बताइन्छ । 

सयपत्री पूmलको संस्कृति, धार्मिक महत्त्वदेखि लिएर कृषिमा जैविक मलको रूपमा रुख विरुवाहरूमा प्रयोग गरिन्छ ।