डिप्रेशनका संकेत
खुशी हुने रहर हुँदाहुदै पनि आफुमा मनोबल घट्नु, एक्लोपनको महशुश गर्नु, खाना खान मन नलाग्नु, सोच विचारमा फरक आउनु, दिमागमा नकारात्मक कुराहरु आई पूर्ण वा आंशिक रुपमा खुशी हुन नसक्नुलाई डिप्रेशन भनिन्छ । पिरियड रोकिएको तनाव, पुरुषले दिएको तनाव, बच्चाहरुको तनाव, घर परिवारले दिएको तनावका कारण पनि महिलाहरुमा धेरै यो रोग देखा पर्ने मनोविश्लेषण केन्द्र तिनकुनेका मनोविश्लेषक वाशु आचार्य बताउँछन् ।
जैविक, मनोवैज्ञानिक र सामाजिक जस्ता तीन कारणहरुमध्ये कुनै एउटा असर परेमा डिप्रेशन हुने उनको भनाई छ । निराशा हुने, आफ्नो मूल्य नभएको महशुश गर्ने, आफ्नो इच्छा र खुशी हराएको महशुश गर्ने, आत्महत्या गर्ने सोच आउनु, शक्ति, हैसियत हराएको महशुश गर्नुका साथै एक्लोपनको महशुश बारम्बार १५÷१६ दिनसम्म भएमा डिप्रेशन हुने मनोविश्लेषक आचार्यको भनाई छ ।
धेरै जसो महिलाहरु त्यसमा पनि विवाहित महिलाहरुमा यो रोग बढी देखापर्ने उनको भनाई छ । पारिवारीक पÔ, उपचार पÔ र आत्म जागरुकताका तीन पÔहरु मिलेमा डिप्रेशन कम हुने चिकित्सक बताउँछन् । बिरामीहरुको अवस्था हेरी छिटो निको हुने खालका औषधीहरु साइकोलोजिस्टले दिने र साइकोलोजिस्टको सल्लाह बमोजिम कुनै पनि औषधी सेवन गर्न नहुने आचार्य बताउँछन् ।
आफुलाई के भएको छ र अब के गर्ने भन्ने बारेमा राम्रोसँग बुझ्नुका साथै साइकोलोजिस्टका सल्लाह अनुसार अगाडि बढ्नुपर्ने उनको सुझाव छ । बिहानै उठेर योग वा व्यायाम गर्ने, खानपिनमा ध्यान दिने, सकारात्मक व्यक्तिहरुको संगत गर्ने, सँधै सकारात्मक कुराहरु सोचेमा पनि धेरै राम्रो हुर्ने मनोविश्लेषक वाशु आचार्य बताउँछन् ।