ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ द्वारा बृद्ध आमाहरुलाइ सम्मान

२०८२ बैशाख १४ आइतबार १८:४०:०० मा प्रकाशित

गैँडाकोट । मातातिर्थ औसीको अवसरमा ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ ले बृद्ध आमाहरुलाइ सम्मान गरेको छ । आज गैँडाकोट ६ मा एक कार्यक्रमको आयोजना गरी वडाभित्रका ८० बर्ष माथिका आमाहरुलाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ का अध्यक्ष भिमलाल शर्मा लामिछानेले बताउनुभयो । उहाँले आमाको सम्मान हरेक सन्तानको कर्तव्य भएको बताउँदै आमालाई माया र सम्मान गर्न आग्रह गर्नुभयो । 


गैँडाकोट वडा नम्बर ६ का वडाध्यक्ष शुभाष चापाँगाइले बृद्ध आमाबाबाको सम्मान र माया सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले समाजको धरोहर र ज्ञानको मुहान भएको बताउनुभयो । उहाँले आमाको बिशेष महत्त्त्व रहेको पनि बताउनुभयो । 


कार्यक्रममा निर्वतमान वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्यहरु चन्द्र बहादुर विश्वकर्मा, पबित्रा अधिकारी, कल्पना परियार, रणबहादुर दरै लगायतको उपस्थिती रहेको थियो ।