गैंडाकोट-१६, अमरापुरीमा दूध उत्पादनमा आधारित कृषि अनुदान वितरण कार्यक्रम सम्पन्न

गैंडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लि, गैंडाकोट-१६, अमरापुरीले दूध उत्पादनमा आधारित कृषि अनुदान वितरण कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले कृषि अनुदान शिर्षक अन्तर्गत् वडा नं. १५ बाट प्रति लिटर १.८ को दरले ५६ हजार ६ सय ३५.०२, वडा नं. १६ बाट प्रति लिटर ३ रुपैँयाको दरले १ लाख ८३ हजार ९ सय १७, र वडा नं. १७ बाट प्रति लिटर २ रुपैँयाको दरले ३७ हजार ४९ रुपैँया वितरण गरिएको बताउनुभयो । कार्यक्रममा सो रकम सम्बन्धित शेयर सदस्यहरूको बचत खातामा रकम जम्मा गरिएको जानकारी गराइएको थियो ।
त्यसैगरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कावासोतीबाट उपलब्ध भएको प्रति लिटर २.१९ रुपैँयाको दरले रु १ लाख ९० हजार ९ सय ३ समेत वितरण गरिएको छ ।
उक्त कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै गरी, वडा नं. १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सीना तथा वडा नं. १७ का वडा अध्यक्ष गोपि कंडेल विशिष्ट अतिथिको रूपमा उपस्थिति हुनुभएको थियो ।
कार्यक्रममा तीनै वडाका वडा अध्यक्षहरूले मन्तव्य राख्दै आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव आनन्द कुमार शर्मा पंगालिको सहजिकरण तथा सह-सचिव उमानन्द कंडेलको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा वडा नं. १५ का वडा सदस्यहरू ओमराज गुरुङ, राजेस गिरि, वडा नं १६ का वडा सदस्यहरू रत्न बहादुर बोहोरा, दिनेश देवकोटा, देवि अधिकारी लगायत सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्यहरू उमाकान्त दाहाल, सविता सापकोटा, संचालक तथा शेयर सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।