सुनको मूल्य आज एकैदिन २१०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९५ हजार ५ सय रुपैंया कायम रहेको सुनको मुल्य आज (बुधबार) बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३ सय २० रुपैयाँ कायम रहेको चाँदीको मुल्य बुधबार बढेर २ हजार ३ सय ५० रुपैयाँ भएको छ ।