लोक दोहोरी प्रतिष्ठान नवलपुरले विविध सांस्कृतिक कार्यक्रम गर्दै

२०८२ श्रावण १६ शुक्रबार ११:५५:०० मा प्रकाशित

गैंडाकोट ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नवलपुरद्वारा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। हाम्रो अभियान लोक संस्कृतिको संरक्षण राष्ट्रको सम्मान नवप्रतिभाको प्रोत्साहन भन्ने मूल नाराका साथ यही श्रावण १७ गते शनिबार राष्ट्रिय कलाकारहरु सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गौरवशाली परियोजना निर्माणधीन आमाघर तथा लोक सांस्कृतिक संग्रहालयको अवलोकन, संस्थागत भेटघाट कार्यक्रमको आयोजना गरेको अध्यक्ष बुद्धिनाथ घिमिरेले बताउनुभयो ।  चर्चित राष्ट्रिय लोक तथा दोहोरी  गायक, गायिका तथा नायक ,नायिकाहरूको  बेजोड प्रस्तुति सहित बृहत सांगीतिक कार्यक्रम पनि  हुने अध्यक्ष घिमिरेले बताउनुभयो।  सांस्कृतिक कार्यक्रमको लागि प्रवेश निशुल्क रहेको पनि घिमिरेले जानकारी गराउनुभयो ।