गैँडाकोटमा साईकलबाट लडेर एकजनाको मृत्यु

नवलपुर। नवलपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । गैंडाकोट १४ नगरटाडीँमा शनिबार बिहान देवचुली-१६ बस्ने किसान न्यौपाने सडकबाट २० मिटर तलको खोल्सामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिनुभयो ।
घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम गर्न निस्किएका न्यौपाने सडकदेखि केही तलको खोल्सामा मृत अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । डिएसपी नेपालका अनुसार घटनास्थलमा न्यौपानेले चलाउने साईकल फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट न्यौपानेको साईकलबाट लडेर मृत्यु भएको देखिएको र घटनाको थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।