गैँडाकोटका विद्यालय दुई दिन बन्द, मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली

२०८२ भदौ २४ मंगलबार ०७:२८:०० मा प्रकाशित

गैँडाकोट, भदौ २२ –
देशका विभिन्न भागमा जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी र युवाप्रति गैँडाकोट नगरपालिकाले गहिरो दुःख प्रकट गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिन बन्द गर्ने घोषणा गरेको छ।

नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतक आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै यहि भदौ २४ र २५ गते विद्यालय बन्द रहने उल्लेख छ।

यसअघि शिक्षा क्षेत्रका प्रमुख संस्थाहरू — नेपाल अभिभावक महासंघ, एपन, हिसान, नेशनल प्यारेन्ट्स र प्याब्सन — ले समेत संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभर दुई दिन शोक मनाउने घोषणा गरेका थिए।