कोशी प्रदेशमा खानेपानी, सिँचाइ तथा ऊर्जामा ६ अर्ब २८ करोड विनियोजन

२०८३ असार १ सोमबार १९:०७:०० मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले खोनपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

 

बहुवर्षे खानेपानीका लागि २४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने २ सय खानेपानी आयोजनाका लागि २७ करोड,  प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रमा प्रतिक्षेत्र १ करोडको खानेपानी आयोजना र १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धित १ करोडका आयोजना गरेर ५६ करोड विनियोजन गरिएको छ ।  यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण र विपद व्यवस्थापनको लागि ६२ करोड ५३ लाख विनियोजन गरिएको छ ।