लक्ष्मीनारायण वन बाटिका देवचुली १६ को आज नवौँ साधारण सभा सम्पन्न

२०८० बैशाख ९ शनिबार १६:३७:०० मा प्रकाशित

देवचुली । १ सय ८ वरपिपल स्वामी अवस्थित लक्ष्मीनारायण वन बाटिका देवचुली १६ को आज नवौँ साधारण सभा सम्पन्न भएको छ । लक्ष्मीनारायण मन्दिर परिसर रजहरमा भएको सो साधारण सभामा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले धार्मिक क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । जलमाथी सुत्नुभएका बुढानिलकण्ठ भगवानको मूत्र्ति बनाउन पनि उहाँले आवश्यक सहयोग गर्ने बताउनुभयो । 
लक्ष्मीनारायण वन बाटिका व्यवस्थापन समितिका अध्यक्ष पण्डित मोहनीलाल काफ्लेले २०६३ सालमा स्थापित समितिले वर पिपलको बिरुवा रोप्ने संरक्षण गर्ने काम गरेको बताउनुभयो । मन्दिर बनाएर यस क्षेत्रकै धार्मिक क्षेत्रको रुपमा विकास गराउन १४ लाख बराबरको लक्ष्मी नारायणको मन्दिर बनाएको उहाँले बताउनुभयो । 
संस्थाको प्रगति प्रतिवेदन सचिव गंगा ठकुरीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विष्णु श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । 
देवचुली १६ का वडाध्यक्ष केशवराज गौतम, निर्वतमान वडाध्यक्ष केशरबहादुर क्षेत्री, सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सन्तबहादुर क्षेत्री, प्रचारप्रसार समितिका संयोजक मोतिराम पाण्डे, दानदाता, मन्दिरका आजिवन सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सुर्दशन लामिछानेले गर्नुभएको थियो भने उपाध्यक्ष यादवप्रसाद पाण्डेले गर्नुभएको थियो । 
यसैबीच लक्ष्मीनारायण वन बाटिकाको नयाँ कार्यसमिति चयन पक्रिया अघि बढेको प्रचारप्रसार समितिका संयोजक मोतिराम पाण्डेले जानकारी दिनुभयो ।