आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती

२०८० बैशाख १२ मंगलबार १४:३४:०० मा प्रकाशित

काठमाडौं ।  प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्म पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरुकुलमा उनको योगदानबारे चर्चा गरिन्छ  । 

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ ९सन् ६८६० वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । 

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । ‘शङ्कर शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्राय ः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिएको भन्ने विश्वास छ । 

 वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले सुरु गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउँछन् । 

सोह्र वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थलाई विवेचनसहित ब्याख्या९भाष्य० गरेका थिए । 

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारत वर्षका कुनाकुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि उनी बताउँछन् ।

त्यस्तै रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए । श्रीवैष्णव बन्नुभएका उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको मानिन्छ । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।

सन् १०१७औँ वर्षमा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरुकुदुरु भन्ने गाउँमा उनको जन्म भएको थियो । वशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत उन श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय ओझलमा परेको थियो । रामानुजले त्यो समस्या सफलतापूर्वक पार गराएका थिए ।