ग्यास, बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै राख्न चन्द्र भण्डारीको माग

२०८० जेठ १० बुधबार १५:२४:०० मा प्रकाशित


काठमाण्डौ – प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै राख्न माग गर्नुभएको छ ।

गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास चुहिएर भएको आगोलागीमा घाइते भएका भण्डारी त्यसपछि आज बुधवार पहिलो पटक संसद् बैठकमा उपस्थित हुनुभएको हो ।

उहाँले भन्नुभयो, बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुप¥यो नि, उहाँले भन्नुभयो, विद्यार्थीले त जान्नुप¥यो नि । उहाँले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न लगाउनुपर्ने र यसबारे कानुन बनाउनुपर्नेसमेत बताउनुभयो ।

जलनमा परेर अघिल्लो वर्ष एक सय १० र यो वर्ष आफ्नो आमासहित एक सय ११ जनाको ज्यान गएको भन्दै सांसद भण्डारीले यसलाई गम्भीररूपमा लिनुपर्ने बताउनुभयो ।

भण्डारीकी आमा हरिकला भण्डारीको गएको फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई फागुन ४ गते नै थप उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारी गएको वैशाख १७ गते स्वदेश फर्कनुभएको हो ।