सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन

२०८० जेठ १६ मंगलबार १३:२७:०० मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र युवाहरूले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 
सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित  मण्डलामा प्रदर्शन गरेका हुन् । 
लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।